`

राष्ट्रपति कार्यालयले भन्यो : नागरिकता विधेयक प्रमाणीकरण मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको हो

Nepal One HD १७ जेठ २०८० १३:०४
प्रमुख खबर

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक आज प्रमाणीकरण गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै चैतर्फि आलोचना बढ्न थालेको छ । राष्ट्रपति पौडेलले कुनै पनि विधेयक प्रमाणीकरणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय होइन संसदले पठाउने पर्ने विज्ञहरु बताउँछन् ।

विज्ञहरु भन्छन्, ‘यो आफैंमा त्रुटिपूर्ण रहेको छ । कुनै पनि विधेयक प्रमाणीकरणका लागि सरकारले होइन संसदले पठाउने हो । जुन सदनमा उत्पति भएको हो सोही सदनका सभामुख वा अध्यक्षले प्रमाणिकरणको लागि पठाउनुपर्ने व्यवस्था छ ।’

तर राष्ट्रपति कार्यालयको विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र पत्रबमोजिम प्रमाणीकरण गरिएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाट भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो ।


प्रतिक्रिया