`

प्रधानमन्त्री प्रचण्डले भारतले चाहेको विषयमा आँखा चिम्लेरै सहमति जनाए : शंकर पोखरेल

Nepal One HD १८ जेठ २०८० १७:५१
राजनीति

काठमाडौं – नेकपा एमालेको महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति असन्तुष्टि जनाउनुभएकाे  छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहनाको सम्बोधन हुन नसकेको उहाँको भनाइ छ।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्बोधन हुन सकेन । भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो’ उहाँले फेसबुकमा लेख्नुभएकाे  छ, ‘तर, पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता।’

प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपाल भारतबीच ७ वटा सम्झौता भएका छ।


प्रतिक्रिया