`

स्वदेश फर्किएका प्रधानमन्त्री विरुद्ध विमानस्थलमै नाराबाजी

Nepal One HD २० जेठ २०८० १९:४३
प्रमुख खबर

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी भएको छ । 

भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध नागरिकता विधेयक खारेज गर भन्दै सिनामंगल अगाडि केही व्यक्तिले नाराबाजी गरेका हुन् ।

नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाराबाजी गर्नेहरू नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया