`

प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै

Nepal One HD २६ जेठ २०८० ८:०७
राजनीति

काठमाडौँ – समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै छ । 

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै हुनुहुन्छ । 

आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेलनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठ हुनुहुन्छ भने महासचिवमा भुपराज खडका रहनुभएको छ । यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ । 


प्रतिक्रिया