`

जङ्गलमा हराएका चारजना बालबालिकाको ४० दिनपछि उद्धार

Nepal One HD २७ जेठ २०८० १५:५६
विश्व

बोगोटा / विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।

बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।


प्रतिक्रिया