`

डेढ घण्टा लगाएर प्रधानमन्त्री प्रचण्डले गरे आफ्नो स्वास्थ्य परीक्षण

Nepal One HD ३० जेठ २०८० १५:४९
राजनीति

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो। सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौ।’


प्रतिक्रिया