`

सिंहदरबारमा क्याबिनेट बैठक शुरु

Nepal One HD ३० जेठ २०८० १७:१९
राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको क्याबिनेट बैठक सिंहदरबारमा शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहिबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, कृषिमन्त्री डा. बेदुराम भुसाल, शिक्षामन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, उर्जामन्त्री शक्ति बस्नेतलगायत उपस्थित छन् ।

प्रधानमन्त्री प्रचण्डले आज क्याबिनेटको नियमित बैठक राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया