`

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए

Nepal One HD ३० जेठ २०८० १७:३६
विश्व

कुपवाडा (जम्मुकश्मीर) / भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् ।

कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र (नियन्त्रण रेखा) मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा कारबाहीमा ती आतङ्ककारी मारिएका कश्मिर प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अन्य सन्दिग्धको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार लश्कर–ए–तैवा (एलईटी) का एक जना आतङ्ककारीका सहयोगीलाई पक्राउ गरिएको छ । बान्दीपोरा प्रहरीले राष्ट्रिय राइफल्स (आरआर) र केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ)सँग मिलेर गरेको संयुक्त खोज अभियानमा आतङ्ककारीलाई नियन्त्रणमा लिइएको हो । निजबाट दुईवटा चिनियाँ ह्यान्ड ग्रिनेड बरामद गरिएको छ ।


प्रतिक्रिया