`

‘अखण्ड भारत’ को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

Nepal One HD ३२ जेठ २०८० ११:४५
राजनीति

काठमाडौँ / भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गर्नुभएको हो । भारतलाई कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी गराउन उहाँले माग गर्नुभयो।

हालै भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।


प्रतिक्रिया