`

निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नुपर्छ : प्रधानन्यायाधीश कार्की

Nepal One HD ३२ जेठ २०८० १३:१३
राजनीति

काठमाडौँ / प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ ।

संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले संविधान, कानुन र न्यायका सिद्धान्तबमोजिम निष्पक्ष, छिटोछरितो र गुणस्तरीय न्यायसम्पादन गरी सबैलाई न्याय सुनिश्चित गर्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभएको हो । उहाँले न्यायपालिकामा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जिकिर गर्नुभयो । कार्कीले न्यायपालिकामा सदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै विचौलियाको गतिविधि निगरानी र नियन्त्रणका ध्यान दिइने बताउनुभयो । उहाँले बिकृति न्युनिकरण स्म्बन्धी र अटामेसन सम्बन्धी समितिको नेतृत्व गर्ने कार्यभार सम्हालेको उल्लेख गर्नुभयो । उहाँले न्यायपालिकामा रहेर ५ हजार भन्दा बढि मुद्दाको फैसला गरेको जानकारी दिनुभयो ।

समितिको बैठकमा कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने कार्यक्रम शुक्रबार बिहान ८ बजे तय गरिएको छ । कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएको थियो ।


प्रतिक्रिया