सुरक्षाकर्मीसँगको मुठभेडमा पाँच जना विदेशी आतङ्कवादी मारिए
विश्व
कुपवाडा (जम्मुकश्मिर) / भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा पाँच विदेशी आतङ्कवादी मारिएका छन् ।
कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमासुरक्षाकर्मीसँगको मुठभेडमा पाँच जना आतङ्कवादी मारिएका तथा खोज अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन् । कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको छ । त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।(रासस एएनआई)
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
