आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते
विश्व
पूर्वी गोदावरी / पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन् । बिहान करिब ४ बजे सो दुर्घटना भएको हो ।
सर्कल इन्स्पेक्टर रजनी कुमारले बताएअनुसार “घटना बिहान सबेरै भएको हो। एउटा कारले ट्याक्टरलाई ठक्कर दिँदा कार चालकसहित चार जनाको मृत्यु भएको थियो। मृतकलाई पोष्टमार्टमका लागि मण्डपेटा क्षेत्रीय अस्पतालमा राखिएको छ ।”
“घाइतेहरूलाई राजमुन्द्री सरकारी अस्पतालमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,” सर्कल इन्स्पेक्टरले थपे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
