`

आजको मौसम: पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने

Nepal One HD ७ असार २०८० ८:२३
समाचार

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोसी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी प्रदेशको थोरै स्थानहरूका साथै मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघ गर्जन र चट्याङ, बाढी, पहिरो भू-क्षय तथा गेग्र्यान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०७ गते (बिहीबार) 
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती:  कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०८ गते (शुक्रवार) 
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०९ गते (शनिवार) 
​​​​​​​दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया