`

ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

Nepal One HD ८ असार २०८० ७:५९
प्रमुख खबर

ओखलढुङ्गा – ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।  

चम्पादेवी गाउँपालिका– ८ मा गए राति पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप विवरण आउन बाँकी छ। 


प्रतिक्रिया