बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

राजनीति

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषय र कोशी प्रदेशमा सरकार गठनका विषयमा उत्पन्न भइरहेको परिस्थितिका विषयमा पनि छलफल केन्द्रित हुने सचिवालयले जनाएको छ ।
बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी हुनुहुन्छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देश विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गर्दै आएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट