`

प्रधानमन्त्रीलाई गोकुलको प्रश्न: तपाईँले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा ?

Nepal One HD २५ असार २०८० १६:५९
राजनीति

काठमाडौं / नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको झण्डा उचाल्ने कि नेपालको भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने प्रधानमन्त्री प्रचण्डले तीरंगा उचाल्ने हो कि चन्द्रसूर्य झण्डा उचाल्ने भन्नेबारे संसद्लाई प्रष्ट पार्न आग्रह गरेका हुन् । दुई करोड ९१ लाख जनतालाई हाम्रो प्रधानमन्त्री हामीले बनाएको हो भन्ने विश्वास दिलाउन समेत बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने नेता बास्कोटाको अडान थियो ।

उनले भने, ‘प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालई पनि स्पष्ट पार्नुपर्छ ।’




प्रतिक्रिया