आर्यघाट पुगेर अध्यक्ष ओलीले दिनुभयो सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली

राजनीति

काठमाडौं / नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।
पशुपति आर्यघाटमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट