कोशी सरकारविरुद्ध रिटको सुनुवाइ सकियो,आजै आदेश आउने

प्रशासन

काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमाथिको सुनुवाइ सकिएको छ।
सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने बताइएको छ । सर्वोच्च अदालतमा न्यायधीश सपना मल्लको इजलासमा सुनुवाइ सकिएको हो ।
थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।
लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा सुनुवाइ सकिएको हो । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट