`

बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

Nepal One HD २८ असार २०८० १२:१८
राजनीति

काठमाडौँ / परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको विनियोजन विधेयकमा भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताउनुभयो ।

उहाँले केरुङ – काठमाडौँ रेलमार्गको सम्भाव्य अध्ययन र दुईदेशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिनुभयो । उहाँले परराष्ट्रमन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेकाले कार्यविधि अनुसार चाडै राजदूत नियुक्त गरिने बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको , पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा आफ्ना मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै स्वास्थ्य मन्त्री मोहन बस्नेतले मुलुक भरका अस्पतालमा विपन्न नागरिकलाई सहज रुपमा उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । सिमित बजेटका बाबजुत पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्थालाई अन्त्य गर्दै लैजाने उहाले बताउनुभयो ।

उहाँले आधारभूत स्वास्थ्य सेवाको सहज पहुचका लागि सरकार तत्पर रहेको भन्दै उहाँले यस क्षेत्रमा भएका बेचिथिहरुलाई अन्त्य गर्न सदनको मद्धत आवश्यक रहेको बतानुभयो ।


प्रतिक्रिया