श्रीलङ्का : सरकारी अस्पतालमा भएको मृत्युको पूर्ण छानबिन हुने
विश्व
कोलम्बो / श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा हालै भएका मृत्युको पूर्ण छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको बताउनुभउको छ ।
हालैका महिनाहरूमा श्रीलङ्काका सरकारी अस्पतालहरूमा गुणस्तरहीन औषधिका कारण कैयौँ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
रामबुकवेलाले पत्रकारहरूसँग भन्नुभयो, “श्री जयवर्धनेपुरा विश्वविद्यालयका चण्डिमा जीवन्दराको अध्यक्षतामा गठित समितिमा औषधि र नर्सिङका साथै एलर्जी दुवैको व्यापक ज्ञान र समझ भएका विशेषज्ञहरू समावेश गरिएका छन् ।”
यस समितिले बिस्तृत अध्यनपछि दिने सुझाबले मुलुकको अस्पतालहरूबाट सेवा लिने जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
