संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरव्याज पीडित प्रहरी नियन्त्रणमा

प्रशासन

काठमाडौँ / सरकारले ल्याएको मिटरव्याज सम्बन्धी विधेयकप्रति असन्तुष्टी जनाउदै संसद भवन अघि प्रदर्शन गर्न खोज्ने मिटरव्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार संसद भवन अगाडी नारावाजी सहित प्रदर्शन गर्न खोज्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिटर व्याज तथा ठगी विरुद्धको किसान–मजदुर संघर्ष समितिले नयाँ कानूनले मिटरव्याज पीडितहरुको माग सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राखेको छ ।
समितिलेसरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पती छानविन गर्न नसक्ने र हालसम्म आर्थिक अपराधबाट पीडित बनाएका किसान मजदुरहरुलाई अपराधीहरुको चंगुलबाट मुक्त घोषणा गर्न नसक्ने बताउदै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट