कोशी सरकार गठनविरुद्धको रिटमा सुनुवाइ सुरू


काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।
मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गर्दै नियुक्त भएपछि उनको नियुक्ति असम्बैधानिक रहेको भन्दै एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च् गएका हुन् ।
सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।