`

सहकारी पीडितहरुको धर्नामा अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी सहभागी

Nepal One HD १५ साउन २०८० १८:५५
समाचार

काठमाडौँ / विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी लगाएत सहभागी हुनुभएको छ ।

सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उहाँहरु धर्नामा सहभागी हुनुभएको हो । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन् ।

भुसालले सहकारीबाट दुख पाएको तीन बर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताउनुभयो ।

उहाले आफु लगाएत परिवार १४ जनाको दुई करोड ६० लाख तथा भुवन चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गर्नुभयो । उहाले हजारौ सहकारीको बदमासीलाई सरकारले कारवाही गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया