१९ दिनमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि सरोकारवाला निकायद्धारा खोज र नष्ट गर अभियान सुरु
काठमाडौँ / उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि जिल्लाका सरोकारवाला निकायले बजार क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु गरेका छन् ।
उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखी १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछी डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, तीनै वटै सुरक्षा निकाय प्रमुख तथा कर्मचारी, उदयपुर उधोग वाणिज्य संघ, गैसस महासंघ, त्रियुगा उधोग वाणिज्य संघ, हुरेन्डेक लगायतका संस्थाको उपस्थितिमा जिल्लामा खोज र नष्ट गर अभियान संचालन गरिएको हो । उदयपुर जिल्लामा संक्रमण तिब्र हुनथालेपछी डेंगी लामखुट्टे बस्नेत स्थान नष्ट गर्ने अभियान सुरु गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो।
