`

सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत

Nepal One HD २२ साउन २०८० १६:३७
प्रशासन

काठमाडौं / एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरु गरेको छ ।

यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले हिजो(आइतबार) मात्रै सो प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई बुझाएको थियो।

प्रहरीले अनुसन्धान गर्न सो फाइल सिआइबीलाई दिएको थियो। सीआइबीले सोमबारदेखि भने औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।


प्रतिक्रिया