`

काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या

Nepal One HD २५ साउन २०८० १७:३१
प्रशासन

काठमाडौँ – काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको छ । दिउँसो १:५८ बजे उडेको बुद्धको एन–एएनपी जहाज उडान लगत्तै प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।

जहाजमा के समस्या भएको हो भन्ने बारे प्राविधिकहरूले चेकजाँच गरिरहेको बुद्ध एयरका कर्मचारी दीपेन्द्र के कर्णले जानकारी दिए ।

जहाज उडेको ८–१० मिनेटमा नै काठमाडौँ फर्काइए पनि जहाजमा सवार यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुनस् भैरहवा पठाइएको छ ।


प्रतिक्रिया