`

खोलाले बगाएर बेपत्ता भएकाको शव फेला

Nepal One HD २५ साउन २०८० १९:११
समाचार

जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा अवस्थित मरहाखोलाले बगाउँदा मङ्गलबार साँझ बेपत्ता भएका व्यक्तिको आज दिउँसो शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सोनमा गाउँपालिका–१ का तसलिम अन्सारीका छोरा ३८ वर्षीय जाबिर अन्सारीलाई मरहा खोलाको बाढीले बगाएर बेपत्ता बनाएकामा आज दिउँसो उहाँको शव सोनमा गाउँपालिका–१ को गोबरहिया गाउँमा फेला परेको हो ।

गाउँको छेउबाटै बग्ने मरहा खोलामा मङ्गलबार साँझ बाढी आएको बेला खोला तर्ने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो । आज नदीको पानी कम भएपछि उहाँको शव पानीभित्रै झाडीमा अडिएको अवस्थामा फेला परेको हो । बेपत्ता भएका उहाँको मङ्गलबारदेखि नै परिवारजन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतले खोजी गर्दै आएको थियो ।


प्रतिक्रिया