आइएसको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु
विश्व
बेरुत / द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूह जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ ।
एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटना बारे जानकारी गराएका हुन् ।
बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताएको छ।
(रासस–एएफपी)
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
