बरिष्ठ पत्रकार भैरव रिसालको निवासमा एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ पत्रकार भैरव रिसाललाई ९६ औं जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ ।
सोमबार अध्यक्ष ओलीले रिसालको घरमा पुगी उहाँलाई जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य र खुशीको कामना व्यक्त गर्नुभएको हो ।
उहाँले रिसालको घरमा पुगी शुभकामना व्यक्त गरेको फोटो सामाजिक संञ्जालमा राख्दै ओलीले लेख्नु भएको छ – ‘ त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो। भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नु भयो। आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु।’
