धरानमा निषेधाज्ञा जारी
प्रमुख खबर
काठमाडौं / सुनसरीको धरानमा संभावित हिंसालाई मध्यनजर गरेर सुनसरी प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
उक्त निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि शनिवार राति १२ बजेसम्मका लागि जारी गरिएको हो।
धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । त्यसैको प्रतिकारमा उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
