`

कोशी सरकारबिरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

Nepal One HD १७ भदौ २०८० १०:२७
प्रशासन

काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’बिरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (आईतवार) अन्तिम सुनुवाइ गर्दैछ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्नेगरी पेशी तोकिएपनि न्यायाधीशले केस हेर्न नमानेपछि आजलाई सारिएको थियो ।


प्रतिक्रिया