कोशी सरकारविरुद्धको पूर्णसुनुवाइ मल्ल र माथेमाको संयुक्त इजलासमा

प्रशासन

काठमाडौँ / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’बिरुद्ध नेकपा एमालेले दायर गरेको रिटको पूर्णसुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि शुक्रवार पूर्ण सुनुवाइ गर्नेगरी पेशी तोकिएपनि न्यायाधीशले केस ‘हेर्न नमिल्ने’ सूचीमा राखिए पछि आजलाई सुनुवाइ सारिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट