`

एसिया कप खेलेर फर्केको क्रिकेट टीमलाई विमानस्थलमा भव्य स्वागत

Nepal One HD २० भदौ २०८० १४:१८
खेलकुद

काठमाडौं / एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

नेपाली टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुकाे स्वागत गर्न पुगेका समर्थकहरुले  विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो ।


प्रतिक्रिया