सल्यानमा आमा छोरीको शव जलेको अवस्थामा भेटियो
समाचार
सुर्खेत – सल्यानमा आमा छोरीको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा भेटिएको हो ।
एक तले कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
उनमा अनुसार स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरेपनि जलेकै अवस्थामा भेटिएपछि थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
