`

बाइडेनसँगको समस्या उमेरको नभई क्षमताको रहेको ट्रम्पको भनाइ

Nepal One HD ३१ भदौ २०८० ८:२२
विश्व

वासिङ्टन – अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेरभन्दा बढी अनपेक्षित सहयोगीको समर्थन प्राप्त भएको छ । डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता दोस्रो कार्यकालका लागि ‘धेरै बूढो’ नभएको बताउनुभएको छ ।

सन् २०२४ को चुनावअघि बाइडेन ८२ र ट्रम्प स्वयं ७८ वर्ष पुग्नुहुनेछ । राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे एनबीसीको ‘मीट द प्रेस’लाई दिएको अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पले ‘समस्या उमेरको नभई क्षमता’को रहेको टिप्पणी गर्नुभएको छ ।

सर्वेक्षणले देखाएअनुसार दुई नेताबीचको उमेरको अन्तर सानो भए पनि अमेरिकीहरू बाइडेनको उमेरको बारेमा बढी चिन्तित छन्, एक सर्वेक्षणले सहभागी चारमध्ये तीन जनाले बाइडेनको दोस्रो कार्यकाल टिक्न सक्ने क्षमतामा शङ्का गरेको देखाएको छ ।

ट्रम्पले दोस्रो सबैभन्दा वृद्ध राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त गर्नुभएको थियो । अमेरिकी इतिहासमा सफल राष्ट्रपति रोनाल्ड रेगन आफ्नो कार्यकालको अन्त्यमा ७७ वर्षको हुनुहुन्थ्यो । तथापि, बाइडेनलाई काम गर्न धेरै ‘थकित’ पात्रको रूपमा ट्रम्पले चित्रित गर्नुभयो ।

तर दोस्रो कार्यकालको अन्त्यमा ८२ वर्ष पुग्ने रिपब्लिकन नेता ट्रम्पलाई मार्ग प्रशस्त हुने सम्भावना छ । उहाँले एनबीसीसँग भन्नुभयो, “विश्वका केही महान् नेता ८० वर्ष नाघेका छन् म ८० वर्षको हाराहारीमा पुग्दैछु ।” ट्रम्पले भन्नुभयो, “बाइडेन धेरै बूढो भइसकेका छैनन् । तर मलाई लाग्छ कि उनी ‘अक्षम’ छन्, र यो एक ठूलो समस्या हो ।”

युवावस्थामा हडबडाउने समस्याबाट पार पाएका बाइडेनलाई अक्सर मौखिक समस्याका कारण खिल्ली उडाइएको छ । तर उहाँ सफा, शारीरिक रूपमा सक्रिय हुनुहुन्छ, रक्सी पिउँनुहुन्न र प्रायः आफ्नो डेलावेयर घरमा सप्ताहान्तमा साइकल चढेर हिड्नुहुन्छ ।

डेमाक्र्याटहरूले बाइडेनलाई योग्यताको लागि पनि राम्रो मान्छन् । उहाँको प्रशासनले विवादहीन प्रदर्शन गर्नुलाई बाइडेनको सक्षमता मान्छन् । एक विशाल पूर्वाधार विधेयक, दशकौंमा सबैभन्दा ठूलो बन्दूक–सुरक्षा बिल, र बिल्ड ब्याक बेटर सामाजिक खर्च कार्यक्रमसहित प्रमुख कानूनहरू पारित गर्न उहाँले कानूनहको अध्ययन गरिरहेको बताइएको छ ।

बाइडेन विश्व मञ्चमा पनि सक्रिय रहँदै आएका छन् । वास्तवमा भियतनामको हालै सम्पन्न भ्रमणका क्रममा त्यहाँका ७९ वर्षीय कम्युनिस्ट नेताले मुस्कुराउँदै बाइडेनको सापेक्षिक युवावस्थाको प्रशंसा गरेका थिए ।

ट्रम्पले आफ्नो भागको लागि, वार्षिक शारीरिक प्रसङ्गमा ज्यादातर सकारात्मक अङ्क प्राप्त गर्नुभएको छ । यद्यपि उहाँलाई अधिक वजन भएको व्यक्तिको रूपमा वर्गीकृत गरिएको छ र गल्फ खेल्नेबाहेक अन्य कुनै व्यायाम नगर्ने गरेको देखाएको छ । बाइडेनले जस्तै ट्रम्पले पनि रक्सी पिउँनुहुन्न ।

एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो उमेरले आफूलाई कुनै सरोकार नराख्ने बताउँदै आफ्ना आमाबाबुको आयु लामो रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो “त्यसैले आनुवंशिक रूपमा मेरो उमेर दीर्घ हुनु स्वभाविक कुरा हो ।”

सन् २०२० को राष्ट्रपतीय चुनावअभियानका क्रममा ट्रम्पले आफूले मानसिक तीक्ष्णताको परीक्षण गरेको भन्दै ‘आश्चर्यजनक’ नतिजा निकालेको बताएपछि उहाँको आफ्नै योग्यतामाथिको जोडको खिल्ली उडाइएको थियो ।

उहाँले भन्नुभयो, “मैले व्यक्ति, स्त्री, पुरुष, क्यामेरा, टिभी भन्ने शब्दहरू आफूले सम्झनु पथ्र्याे ।” उहाँले ती पाँच शब्दहरूको गर्व र बारम्बार उच्चारण गर्दा राजनीतिक प्रतिद्वन्द्वीहरूले खिल्ली उडाए र सामाजिक सञ्जालमा भाइरल भए । तैपनि, एनबीसीको साक्षात्कारमा गरिएको त्यो परीक्षणको एक स्पष्ट सन्दर्भमा ट्रम्पले भन्नुभयो, “मैले सबैलाई सहज बनाएँ । सबै ठीक गरेँ ।”


प्रतिक्रिया