`

एसिया कप– टस जितेर श्रीलंकाले व्याटिङ रोज्यो

Nepal One HD ३१ भदौ २०८० १५:१८
अर्थ समाचार

काठमाडौ– एसिया कपको फाइनलमा भारत र श्रीलंका प्रतिष्पर्धा गर्दैछन् । श्रींलंकाले टस जितेर व्याटिङ रोजेको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको फाइनलमा भारत र श्रीलंकाले प्रतिष्पर्धा गरिरहेका छन् ।
श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई पराजित गरी फाइनलमा स्थान बनाएको हो । श्रीलंका सुपर फोरमै भारतसँग ४१ रनले पराजित भएको थियो ।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो । पाकिस्तान र श्रीलंकमाथि विजयी भारत बंगलादेशसँग भने पराजित भएको थियो ।

श्रीलंका एसिया कपको साबिक विजेता पनि हो । अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो । सन १९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ भने श्रीलंकाले ६ पटक उपाधि आफ्नो पक्षमा पारेको छ ।


प्रतिक्रिया