श्रीलंका ५० रनमा अलआउट


काठमाडौ– एसिया कप फाइनलमा श्रीलंकाविरुद्ध भारतले सनसननीपूर्ण प्रदर्शन गरेको छ । कोलम्बोको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भएको छ ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । यस्तै, हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।
यी दुई टीमबीचको अन्तिम फाइनल खेल सन २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो । भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।