`

एसिया कप क्रिकेटको उपाधि भारतलाई

Nepal One HD ३१ भदौ २०८० १८:२६
खेलकुद

काठमाडौ– एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८ औं एसिया कप उपाधि हो ।

फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना विकेट भेट्टायो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।


प्रतिक्रिया