क्यानमा मतदान सुरु, सचिवमा पारस र प्रशान्तविक्रमबीच प्रतिष्पर्धा

खेलकुद

काठमाडौ– नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।
सचिवमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ । यस्तै, पाँच प्रदेश सदस्य र खुला सदस्यका लागि २३ जना प्रतिष्पर्धामा छन् । क्यानको महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् । क्यानको निर्वाचनमा ८५ जनाले मत दिनेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट