क्यानको सचिवमा पारस खड्का विजयी


काठमाडौ– नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा पारस खड्का विजयी भएका छन् । आज भएको निर्वाचनमा खड्काले प्रतिष्पर्धी प्रशान्तविक्रम मल्ललाई ११ मतले पराजित गरेका हुन् । खड्काले ४८ मत ल्याउँदा मल्लले ३७ मत मात्रै प्राप्त गरे । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । उनको विरुद्धमा कुनै पनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । चन्दककोविरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । तर मनोनयन गर्ने अन्तिम समयमा भण्डारी पछाडी हटेपछि चन्द निर्विरोध भएका हुन् । कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा रोशन सिंह पनि सर्वसम्मत चयन भएका छन् ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।