`

भुटानलाई हराउँदै पाकिस्तान यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा

Nepal One HD १० असोज २०८० १६:२६
खेलकुद

काठमाडौ– भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान यू–१९ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल पुगेको हो । सडनडेथमा पाकिस्तानका कमिल अहमद खान गोल गर्दै पाकिस्तानलाई फाइनलको यात्रा तय गराएका हुन् ।

निर्धारित ९० मिनेटको समय गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा समेत दुवै टोलीबाट समान ५ गोल भएको थियो । भुटानको छैटौ प्रहार भने पाकिस्तानका किपरले रोकेका थिए । पाकिस्थानको छैटौ प्रहार भने गोलमा परिणत भएको थियो । पाकिस्तान समूह एको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणको खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो ।

पहिलो पटक साफ यू–१९ को फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । भारत र नेपालबीचको खेल केहीबेरमा हुँदैछ ।


प्रतिक्रिया