उन्नाइसौं एसियाड : नेपाली पब्जी टिम सेमिफाइनलमा

खेलकुद

चीनमा जारी १९औँ एसियाड अन्तर्गत इस्पोट्र्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टीम सेमिफाइनल प्रवेश गरेको छ । आज चाइना हाङझाउ इस्पोट्र्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल)मा आफ्नो समूहमा दोस्रो हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो। यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरिएको छ । सेमिफाइनलमा अब दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट