इन्द्रजात्रा हेर्न पुगेका युवकमाथि धारिलो हतियार प्रहार

NepalOne १६ असोज २०८० १२:४३
अपराध

काठमाडौ– इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका सनी कार्किको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका घर भई क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीमाथि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरी मनमोहन मेमोरियल अस्पताल र्पुयाउँदा मृत्यु भएको हो ।
हत्यामा संलग्नको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण भने खुलेको छैन ।


प्रतिक्रिया