रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

प्रमुख खबर

काठमाडौ– सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । आज न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालय लगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
रिगलको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि अदालतले आदेश दिएको छ । सर्वोच्चले मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई उपस्थित हुन आदेश दिएको छ । संविधान दिवसको अवसर पारेर ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट