१९औँ एसियाली खेलकुद: क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

खेलकुद

काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ ।
पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङ¬सहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी सातौँ भएर छनोटमा परेका हुन् ।
दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट