`

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

Nepal One HD १९ असोज २०८० १६:५३
खेलकुद

काठमाडौ– फूटबल वर्ल्ड कप(२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड(१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकार िदिएको हो । फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि जानकारी गराएको छ । खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ । खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय ?पैयाँ कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ । प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया