`

आइसीसी एकदिवसीय विश्वकप, भारतसामु १९२ रनको चुनौति

Nepal One HD २७ असोज २०८० १८:०२
खेलकुद

भारत– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली भारतलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो ।

उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए । यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए । भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिए ।


प्रतिक्रिया