`

नयाँ पुस्ताका चाहना पूरा गर्न पार्टी गठन ग-र्यौ : सभापति लामिछाने

Nepal One HD ३० असोज २०८० १८:२२
प्रमुख खबर

काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताएका छन् । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको दुईदिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा लामिछानेले पुराना दलहरुबाट युवापुस्ताहरुले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन गरिएको स्पष्ट पारेका हुन् ।

उनले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनिएको जिकिर गरे । सभापति लामिछानले सामाजिक, आर्थिक लगाएतका आयामहरु एकै ठाउ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने धारणा राखे । रास्वपा समावेशी उदार लोकतान्त्रीक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उनको भनाइ छ ।


प्रतिक्रिया