`

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ: प्रधानमन्त्री

Nepal One HD १ कार्तिक २०८० १७:३८
अर्थ समाचार

मुस्ताङ– प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् । माओवादी केन्द्र मुुुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी दिए । “मुुस्ताङको कोरला लगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उनले भने, “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”

प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको निरीक्षण गरेका थिए । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए ।

नेपालको प्रमुख चुुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुुसासनको अभियान नरोकिने भन्दै प्रधानमन्त्री दाहालले पाँचै वर्ष गठबन्धनले सरकार चलाउने दावी गरे । सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत उनको टिप्पणी थियो ।


प्रतिक्रिया