`

आजदेखि एमडिएमएस प्रणाली कार्यान्वयनमा, दर्ता नभएका एक हजार ह्यान्डसेट ब्लक हुनसक्ने

Nepal One HD २० कार्तिक २०८० ९:३८
अर्थ समाचार

काठमाडौ– आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो ।
यो प्रणाली लागु भएपछि अब प्रणालीमा दर्ता नभएका फोनहरू ब्लक हुनेछन् । नयाँ प्रणाली लागु भएपछि अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रैसूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो । सुरूमा हाइ रेन्जु का मोबाइल ह्यान्डसेटमा यो प्रणाली लागू हुने दूरसंचार प्राधिकरणले जनाएको छ । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् ।


प्रतिक्रिया